काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि आजीवन समर्पण गरेका नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको आज ११० औं जन्मजयन्ती मनाइँदैछ । विसं २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । नेपाली राजनीतिमा एउटा त्यागी नेताको रूपमा चिनिएका सिंहले प्रधानमन्त्री बन्ने पटकपटकको प्रस्ताव पनि त्यसै त्यागेका थिए । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न भएको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली…
Author: Kathmandu Khabar
काठमाडौं । नेपालले आज आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व उसकै भूमिमा खेल्ने भएको छ । आज छनोटको तेस्रो खेलको रूपमा बिहान ११:१५ बजे प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका दुई खेलमा थाइल्याण्ड र कुवेतलाई हराएको नेपालले तेस्रो खेलमा युएई लाई पनि हराउने लक्ष्य राखेको छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत…
काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार बसेको समितिको बैठकले भावी प्रधानन्यायाधीशको रोलक्रममा समेत रहेका निरौला र पाण्डेको नाम आज संसद्ले अनुमोदन गरेको हो । उनीहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । निरौला २५ माघ, २०९३ सम्म सर्वोच्च अदालतको न्यायाधीश हुनेछन् । अहिलेको रोलक्रम यथावत रहेमा उनी पुगनपुग २ महिना प्रधानन्यायाधीश समेत बन्नेछन् ।
काठमाडौं । भनिन्छ, खुला आँखाले देखेका सपना पूरा गर्न मानिसले निकै मेहनत गर्नुपर्छ, बन्द आँखाले देखेको सपनाले मानिसको भविष्य बताउँछ । यो महत्त्वपूर्ण छ कि सुतेपछि देखिने हरेक सपना तपाईको भविष्यसँग सम्बन्धित छ, केही सपनाहरू छन् जसको कुनै अर्थ हुँदैन । तर, सपना विज्ञानमा केही यस्ता सपनाको पनि उल्लेख गरिएको छ, जसले भविष्यमा मानिसलाई पीडा दिन सक्छ । यी सपनाहरू आउँदा तपाईं धेरै सतर्क हुन आवश्यक छ। किनकी यस्ता सपनाले तपाईलाई स्वास्थ्यसम्बन्धी समस्या पनि दिन सक्छ । रावणको पनि एउटा सपना थियो जुन आज हामी तपाईलाई बताउन गइरहेका छौँ । जानौं सपना विज्ञान अनुसार कुन कुन सपना अशुभ मानिन्छ ।…
वाशिङ्टन डिसी (अमेरिका), २३ कात्तिकः नेपालका तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठपर्व अमेरिकामा पनि मनाइएको छ । नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा स्थानीय मन्दिरमा गएर नेपालीले छठपर्व मनाइएका हुन् । मेरिल्याण्डको जर्मनटाउनमा रहेको नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरले संयोजन गरेको छठ पर्वमा बिहीबार साँझ सन्ध्याकालमा अर्घ दिने नेपालीको बाक्लो उपस्थिति थियो । आयोजकका अनुसार स्थानीय समय अनुसार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिनेछ । आयोजक मोहन यादवले विभिन्न स्थानमा छठको लागि ठाउँ चयन गर्नु परेकामा विगत केही वर्षदेखि नेपालीले स्थापना गरेको मन्दिरमा मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । उनले बिहीबार…
काठमाडौं । पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले विज्ञप्ति जारी गरेका छन् । अदालतबाट पाँच वर्ष कैद सजायसहितको फैसला आएपछि सम्पर्कविहीन भएका मनाङेले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन् । मनाङेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका हुन् । उनले विज्ञप्तिमा भनेका छन् ‘(फैसलापश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो । सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखितरूपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु । सर्वोच्चको फैसला…
काठमाडौं । नेपाली काँग्रेसले उपत्यकाबाहिरका स्थानीय तहका अध्यक्ष र उपाध्यक्षहरूको उम्मेदवार टुंगो लगाएको छ । तर काठमाडौं उपत्यकाका एक नगरप्रमुखसहित तीन वडाध्यक्षको लागि भने काँग्रेसले उम्मेदवार यकिन गरेको छैन । यसरी टुंगो लागेका पालिकामा मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका रहेका छन् । त्यस्तै, उपाध्यक्षतर्फ दोलखाको गौरीशंकर गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिका रहेको छ । काँग्रेसले पालिका अध्यक्षमा कीर्तिपुरका मेयरसहित उपाध्यक्षका लागि निर्वाचन हुने थप स्थानहरु हुम्लाको सर्केगाड, पूर्वी रुकुमको पुथाउत्तरगंगा र बाजुराको स्वामिकार्तिक खापरमा उम्मेदवार टुंगो लगाउन सकेको छैन । मोरङको ग्रामथानमा गाउँपालिका अध्यक्ष पदमा कांग्रेसले बलराम सरदारलाई उठाउने भएको छ । त्यस्तै, दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार…
काठमाडौं । पर्यटक आउने मुख्य सिजनमा पर्यटन व्यवसायलाई नै असर पार्नेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गरिएको छ । आजदेखि लागू हुनेगरी १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । विमानस्थल स्तरोन्नतिका लागि भनेर बन्द गरिएको क्यानले उक्त स्तरोन्नतिका लागि पाँच महिना लाग्ने बताएको छ । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्ने बताइएको छ । यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०:०० देखि बिहान ८:०० बजेसम्मका सबै उडान कटौती…
काठमाडौं । चारदिनअघि सुरु भएको छठ पर्व आज उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकिएको छ । पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई…
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ–२०८१’ सुरु भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनद्वारा आयोजित सो महायज्ञ दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै आयोजना गरिएको आयोजकले जनाएको छ । महायज्ञ भावातित ध्यान एवं सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट सुरु भएको आयोजक फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले विसं २०७० देखि देशभरका करिब १०० वैदिक गुरुकुलमा भावातित ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आइरहेको छ । महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बुधबार शोभायात्रा गरिएको थियो । आयोजकले यही महायज्ञसँगै तीन दिने वैदिक…
काठमाडौं । बुढानीलकण्ठमा दी कफी क्लबको उद्घाटन गरिएको छ । काठमाडौं खबर डटकमका पूर्वप्रधानसम्पादक समेत रहेका पत्रकार एवं साहित्यकार केशव पाठकको योजनामा स्थापना भएको क्लबको चलचित्र क्षेत्रमा महानायकका रूपमा परिचय बनाएका राजेश हमालले बिहीबार उद्घाटन गरे । क्लब बुढानीलकण्ठ–३ रुद्रेश्वर चोकमा स्थापना गरिएको छ । क्लबमा समय समयमा साहित्यिक कार्यक्रमका साथै दैनिकजसो स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवालगायत स्थानीयसँग स्थानीय तथा राष्ट्रिय विषयमा अन्तरक्रिया गरिने क्लबका सञ्चालक केशव पाठकले जानकारी दिए । उनका अनुसार विभिन्न विषयसँग सम्बन्धित व्यक्तित्वसँग ‘पोडकास्ट’ पनि सञ्चालन गरिनेछ । सो अवसरमा क्लबमा खोलिएको लघु पुस्तकालयका लागि पत्रकार तथा साहित्यकार श्याम रिमाल र धर्तीचन्द्र यात्रीले आ-आफ्ना…
काठमाडौं । आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले कुवेतलाई हराएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमा समेटियो । कुवेतका लागि कप्तान जिफा जिलानीले सर्वाधिक १२ रन बनाइन् । उनले १७ बलमा दुई चौका प्रहार गर्दै १२ रन बनाएकी हुन् । कप्तान जिलानीबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको…
कीर्तिपुर । आगामी मंसिर १६ गते देशका ४४ ठाउँमा उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । यति धेरै ठाउँमा चुनाव भइरहेको भए पनि धेरैको चासो भने कीर्तिपुर नगरपालिकामा नै केन्द्रीत रहेको छ…
काठमाडौं । नेकपा (एमाले) काठमाडौंका विभिन्न क्षेत्रमा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । जिल्ला कमिटीले काठमाडौँ जिल्लाका चार पदका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको हो । नगर कमिटीबाट सिफारिस भएका उम्मेदवारको नामलाई प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले यसलाई पूर्णता दिने बताइएको छ । कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा सुरेन्द्र मानन्धर, कीर्तिपुर वडा नं १ अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकी तथा काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस गरेको छ । कीर्तिपुर नगपालिकाका दुवै वटा वडाको उम्मेदवार बनाउने निर्णय जिल्ला कमिटीलाई अधिकार रहेकाले निर्णय नै गरेको जिल्ला अध्यक्ष निरौलाले बताए । अध्यक्ष निरौलाले…
काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि नेताहरूलाई विभिन्न जिम्मेवारी तोकेको छ । आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारीका लागि पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको हो । उपनिर्वाचनको कमाण्ड महामन्त्री विश्वप्रकाश शर्माले सम्हाल्ने भएका छन् । ‘स्थानीय तह उपनिर्वाचन–०८१ केन्द्रीय संयोजन समिति’ को बुधबार बसेको बैठकले सो निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न बैठकले विभिन्न जिम्मेवारी निर्धारण गरेको हो । उक्त निर्णयअनुसार सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोशी प्रदेश, महेन्द्र…
काठमाडौं । आज तराई मधेशसहित देशका विभिन्न भेगमा छठ पर्व धुमधामका साथ मनाइँदैछ । आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा बुधबार डोनाल्ड ट्रम्प विजयी भएका छन् । उनले आफ्नो प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गरेका छन् । विजयपछि ट्रम्पले फ्लोरिडाको पाम बीचमा आफ्नो विजयी भाषण दिएका थिए । यस सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी व्यापारी तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको धेरै पटक उल्लेख गरेका थिए । आफ्नो सम्बोधनका क्रममा ट्रम्पले मस्कलाई नयाँ स्टार भनेका थिए । ट्रम्पले भने, ‘उनी (एलेन) सुपर जीनियस हुन्। हामीले हाम्रा प्रतिभाशाली मानिसहरूलाई जोगाउनुपर्छ। हामीसँग त्यस्ता व्यक्तिहरू थोरै छन्। आफ्नो सम्बोधनका क्रममा ट्रम्पले मस्कको कम्पनी स्पेसएक्सले अमेरिकाको अन्तरिक्ष क्षेत्रलाई अगाडि बढाउनका लागि गरेको प्रयासको प्रशंसा गरे। वास्तवमा, मस्क यस चुनावमा ट्रम्पको…
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुने निश्चित भएको छ । निर्वाचनको पूर्ण मतपरिणाम आउनुपूर्व नै उनले चुनाव जित्ने निश्चित भएको हो । राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा भएको छ । युनिभर्सिटी अफ फ्लोरिडाको इलेक्शन ल्याबका अनुसार ७८ मिलियनभन्दा बढी अमेरिकीहरूले पहिले नै आफ्नो भोट हालेका छन्, जसले अमेरिकाभरि मेल मार्फत प्रारम्भिक मतदान र मतदान ट्र्याक गर्छ। सातवटा महत्वपूर्ण राज्यमध्ये पेन्सिल्भेनिया १९ इलेक्टोरल कलेज भोटसहित सबैभन्दा महत्त्वपूर्ण राज्यको रूपमा उभिएको थियो । सो राज्यमा समेत ह्यारिसले उत्साहजनक मत ल्याउन सकिनन् । इलेक्टोरल कलेज भोटहरू जनसंख्याको आधारमा राज्यहरूलाई…
पाटन (ललितपुर) । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । “यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ”, अध्यक्ष चित्रकारले बताउनुभयो । नेपाल संवत् ७६१ अर्थात्…
काठमाडौं । छठ पर्वको अवसरमा काठमाडौंको वाग्मती नदीमा धाप ड्यामको पानी छाडिने भएको छ । पछिल्ला केही वर्षयता काठमाडौंमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएसँगै नदी सफाइ र शुद्धताको लागि धाप ड्यामको पानी । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ । उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ । एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत वाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिहेको जनाएको छ । वाग्मती नदीमा पानीको सतह बढाउन र व्रतालुलाई स्नानका लागि सहज…
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पाँच वर्ष जेल सजायसहितको फैसला सुनाएको छ । २०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलनमाथि गरेको सांघातिक आक्रमणको मुख्य योजनाकारको रूपमा उनीविरुद्ध मुद्दा परेको थियो । यसअघि पाटन उच्च अदालतको आदेशलाई सदर गर्दै सर्वोच्चले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो। सर्वोच्चको यो फैसलासँगै उनको सांसद पद स्वत: खारेज भएको छ । फैसलाको पूर्णपाठ आएपछि उनी अब कति समय जेल बस्ने र सो क्षेत्रमा उपनिर्वाचन लगायतका विषय यकिन हुनेछ । यही मुद्दामा…
काठमाडौं । आजबाट काठमाडौं उपत्यकाको मौसम सफा रहने भएको छ । हिजोसम्म बादल र वर्षाको सम्भावना रहेको काठमाडौंमा आजदेखि मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकाले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा…
काठमाडौं । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६,…
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पाँच वर्ष जेल हाल्न आदेश जारी गरेको छ। यसअघि पाटन उच्च अदालतको आदेशलाई सदर गर्दै सर्वोच्चले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो। उनीविरुद्ध २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने थप ५ दिन हिरासतमै रहने भएका छन् । अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अझै हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । यसअघि गत कात्तिक १४ गतेसम्मको म्याद रहेकामा तिहार विदाका कारण अदालत बन्द भएकाले तिहारको विदापछि लामिछानेलाई आज अदालतमा पेश गरिएको थियो । जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी अधिकारीले…
काठमाडौं । मंसिरमा हुने उपनिर्वाचनमध्ये सबैभन्दा चासोको क्षेत्र हो, कीर्तिपुर नगरपालिका । निर्वाचनमध्ये सबैभन्दा ठूलो पद नै यही नगरपालिकाको मेयर भएका कारणले पनि यो निर्वाचनमा धेरैको चासो देखिएको हो । कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त छ। यसअघि नेपाली काँग्रेसको तर्फबाट चुनाव जितेका उनको निधनपछि सो क्षेत्रमा नेपाली काँग्रेसले अझैसम्म पनि उम्मेदवार उठाउन सकेको छैन। तर काँग्रेसबाहेकका ठूला दलहरूले भने उम्मेदवार उठाइसकेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रले प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने भएको छ । सोमबार बसेको माओवादी केन्द्र कीर्तिपुर नगर समितिको बैठकले…
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित छात्रावासलाई अनिवार्य रूपमा आफू मातहत आउन निर्देशन दिएको छ। छात्रावास सञ्चालनलाई व्यवस्थित र मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरूपता ल्याउन तथा छात्रावासभित्र बस्ने छात्रछात्राको हितलाई सुनिश्चित गराउन महानगरपालिकाले यस्तो निर्देशन दिएको हो। विगतमा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिएर महानगरपालिकाभित्रको वडामा मात्रै दर्ता हुने गरेका छात्रावासलाई महानगरपालिकाको शिक्षा विभागले आफू मातहत ल्याउन लागेको हो। गत वर्ष काठमाडौँ महानगरपालिकाले छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड, २०८० जारी गरेको थियो। उक्त मापदण्डमा छात्रावास सञ्चालनका लागि न्यूनतम सर्त पनि तोकिएको छ तर अहिलेसम्म महानगरपालिकाभित्र कति वटा छात्रावास सञ्चालनमा छन् भन्ने यकिन तथ्याङ्कसमेत छैन। महानगरपालिकाले बनाएको मापदण्डको दफा ३…
काठमाडौं । विगत तीन दिनदेखि सुरु भएको हिउँदे वर्षा आज पनि हुने सम्भावना देखिएको छ । तर यो देशको पहाडी र हिमाली भेगमा मात्रै सीमित हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो काठमाडौं उपत्यकमा पनि क्षणिक वर्षाको सम्भावना देखिएको छ। तर यो सम्भावना केवल २० प्रतिशत रहेको मौसम महाशाखाले जनाएको छ। उपत्यकाबाहिर भने दिउँसो र राति पनि पानी पर्ने सम्भावना छ । राति पनि बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। महाशाखाका अनुसार अहिले बिहान भने देशभर मौसम आंशिकदेखि साधारणतया बदली रही देशका पहाडी भूभागका एक/दुई…
जलेश्वर (महोत्तरी) । मिथिलाञ्चलमा धुमधामका साथ मनाइने छठ पर्व विधिवत् रूपमा सुरु भएको छ । मधेशमा धुमधामका साथ मनाउने भए पनि यो पर्व यतिबेला पहाडमा समेत धुमधामका साथ मनाउन थालिएको छ । यो पर्व केही वर्षअघिदेखि काठमाडौं उपत्यकामा समेत मनाउँदै आइएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए । चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज…
