

काठमाडौं । धनतेरस पर्व पाँचदिने उज्यालो पर्वको पहिलो दिन हो । धनतेरसका दिन भगवान धन्वन्तरी, कुब्रेदेव र यमको पूजा गर्ने चलन छ । यसका अलावा धनतेरसमा नयाँ सामान किन्नेको पनि विशेष महत्व छ । आज बिहान १०:३१ बजेबाट सामान किनमेलका लागि शुभ मुहूर्त रहेको बताइन्छ ।
धनतेरस पूजा समय भने साँझ सवा छ बजेदेखि ८ बजेसम्म रहेको छ । धनतेरसको दिन किनमेल, लगानी र नयाँ काम गर्नको लागि विशेष महत्व छ। यस दिन दिनभर शुभ फल दिने बस्तुहरू किनमेल गरिन्छ। धनतेरसको दिन किनमेल र शुभ कार्य गर्नाले धेरै फल प्राप्त हुने जनविश्वास छ । धनतेरसमा भगवान धन्वन्तरी, माता लक्ष्मी र कुबेर देवको पूजा गरिन्छ ।
प्रदोष व्यापिनी तिथिमा धनतेरस पर्व मनाउने चलन छ । यस दिन परिवारमा स्वास्थ्यको लागि भगवान यमदेवको ध्यान गर्नुपर्दछ र घरको मुख्य ढोकामा दक्षिण दिशामा दियो स्थापना गर्नुपर्दछ। प्रदोष कालको आजको दिन ‘ॐ नमो भगवते धन्वन्तराय विष्णुरूपाय नमो नमः । षोडशोपचार विधिले मन्त्रको साथ पूजा गर्नुपर्दछ, जसको फलस्वरूप परिवारमा दीर्घायु र स्वास्थ्य कायम रहन्छ।