

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको माओवादी आन्दोलन कसैलाई जोगाउन नभएको बताएका छन् । रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आन्दोलन गरिरहेको बेला भएको यो आन्दोलन कसैलाई जोगाउन नभएको स्पष्ट पारेका हुन् ।
उनले कार्यक्रममा भने, ‘रवि लामिछानेको कुरा चलिरहेको थियो । मैले तपाईं निर्दोष हुनुहुन्छ भने डराउनुपर्ने कारण के छ भनेको हो रवि लामिछानेलाई पनि । त्यहीअनुसार बनोस् भनेको हो । बन्न हुँदैन भन्ने केपी ओलीजी हो । रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओलीजी हो । तर यो आन्दोलन कसैलाई बचाउनका लागि होइन ।’
उनले सरकारले अहिले देखाएको रवैयाको आपत्ति जनाए । प्रचण्डले एमाले र कांग्रेससँग सम्बन्धित व्यक्तिलाई छानबिन नगर्ने, तर अहिले प्रतिपक्षलाई मात्रै पूर्वाग्रह राख्ने तयारी बेठीक भएको बताए ।