

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनको छेउमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेट गरेका छन्। यस अवधिमा दुई देशबीच धेरै विषयमा सहमति भएको छ । भेटपछि प्रधानमन्त्री मोदीले भारत–चीन सम्बन्ध विश्व शान्तिका लागि महत्वपूर्ण रहेको स्पष्ट पारेका छन् ।
उनले पाँच वर्षपछि भेट हुँदा दुईदेशीय सम्बन्ध र विश्व राजनीतिको बारेमा खुलेर कुरा गरेको बताएका छन् । ‘हाम्रो ५ वर्षपछि भेट भयो । हाम्रो सम्बन्ध विश्वका लागि महत्त्वपूर्ण छ। एक अर्काको सम्मान हुनुपर्छ । सीमा विवादमा सहमतिको स्वागत छ ।’ उनले भनेका छन् ।
जिनपिङसँग भेटपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भेट्न पाउँदा खुसी लागेको बताएका छन् । ‘हामी विश्वास गर्छौं कि भारत-चीन सम्बन्धको महत्त्व हाम्रा जनताका लागि मात्र होइन। हाम्रो सम्बन्ध विश्व शान्ति, स्थिरता र प्रगतिका लागि पनि महत्त्वपूर्ण छ।’ उनले भेटपछि भने ।
यस क्रममा भारतीय परराष्ट्र सचिवले मोदी–सी भेटवार्ता सीमामा गस्ती हटाउने र बन्द गर्ने सहमतिको पृष्ठभूमिमा भएको बताए । दुवै नेताले खुशी व्यक्त गरेका छन् ।