

काठमाडौं । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव रहेको भनेर बजारमा आएको समाचारमा सत्यता नभएको दाबी गरेको छ । लिमिटेडले एक सूचना जारी गर्दै सिटामोलको अभाव नरहेको जनाएको हो ।
लिमिटेडले आफ्नो प्रमुख उत्पादनको रूपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र लिमिटेडमा खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै स्टकिस्टहरू, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायहरूलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइएको जानकारी गराएको छ ।