

काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बिहीबार म्याद थपका लागि अदालत लगेको प्रहरीले उनीसँगको बयान र अनुसन्धान नसकिएको भन्दै उनलाई म्याद थपका लागि आग्रह गरेको थियो । जिल्ला अदालत, कास्कीका न्यायाशीश चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।
यसअघि उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सोही प्रकरणमा प्रकाउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा आजै उपस्थित गराइएको थियो । ६ असोजमा पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् ।
गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डीआईजी छविलालको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो ।