काठमाडौं खबर कार्तिक ८, २०८१
काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलंकाबीच सेमिफाइनलका लागि खेल हुने भएको छ । बिहीबार समूह ‘बी’ को अन्तिम खेल हुन लागेको हो ।
आज समूह विजेता बन्ने टिम सेमिफाइनलमा पुग्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न साढे पाँच बजे हुने भएको छ ।
सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा नेपाल र श्रीलंकासँगै भुटानको सम्भावना उत्तिकै छ। नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुग्न चाहन्छ।
श्रीलंका पनि नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छ।