काठमाडौं खबर कार्तिक २४, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई छुटाउनका लागि अझै सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय बनस्थलीमा बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलन सशक्त बनाउनका लागि नागरिक र राष्ट्रिय हितका शक्तिहरूसँग सहकार्य गर्ने निर्णय समेत गरेको बताइएको छ ।
मुलुकमा व्याप्त संगठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारीपीडित, लघुवित्त एवं मिटरब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय शक्तिहरूसँग सहकार्य गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए ।