काठमाडौं खबर मंसिर ४, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रणय शमशेर राणाले पार्टीको हरिबिजोग अवस्थाबारे प्रश्न उठाएका छन् । ४ सांसद जितेको काठमाडौंमै पूरा उम्मेदवारी नहुनु लज्जाको विषय रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ‘केन्द्रीय पदाधिकारी तथा सदस्यज्युहरु, अब पार्टीलाई नियमित कर्म तर्फ फर्काउन लाग्नुहोस I विभिन्न बहानाबाजीमा पार्टी स्थापनाको २ बर्ष हुँदा सम्म पनि अधिवेशन नगर्नुको उपज हो यो सबै ! कहिले संगठन चाहिन्न भन्दियो, कहिले क्षेत्र खारेज; असर त पर्यो नि, हैन? अहिले पनि नियमित काम ठप्प परेर वैशाखमा केन्द्रीय अधिवेशन सम्पन्न हुन्छ ? केहीत ढंगले गरौँ !’
उनले राष्ट्रिय भेलाको कन्तबिजोग,भेला सकिसक्दा पनि मस्यौदा नहुँदा सुझाव दिन नपाएको भन्दै कविता, मुक्तक, गीतमा झुमेर बस्नु परेको गुनासो गरेका छन् । विषयगत छलफल भेडा बाख्राजस्तो कुना काप्चा खोजेर अस्त ब्यस्त झगडा मिलाउँदैमा सकिएको भन्दै यस्तो तरिकाले पार्टी चल्न नसक्ने बताएका छन् ।