काठमाडौं खबर मंसिर १६, २०८१
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत् कीर्तिपुर र काठमाडौं १६ मा मतगणना सुरु भएको छ । काठमाडौंको चार स्थानका लागि भएको निर्वाचनमध्ये सबैतिर निर्वाचन सुरु भएको हो ।
राति करिब १० बजेतिर मतगणना सुरु भएको हो । काठमाडौं १६ मा कुल १० हजार पाँच सय मत खसेको छ।
त्यस्तै, कीर्तिपुर नगरपालिकामा सुरुमा वडा नम्बर १ बाट गणना गरिनेछ । वडा नम्बर १ मा मेयरको गणना गरेपछि वडाध्यक्षको गणना हुनेछ। त्यसपछि ४ नम्बर वडामा मेयरको मतगणना गरेपछि वडाध्यक्षको गणना गर्ने सहमति जुटेको छ।