काठमाडौं खबर मंसिर १५, २०८१
काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुरमा माओवादीका उम्मेदवारसहित छ जना र काठमाडौं १६ मा रास्वपाकी उम्मेदवारसहित ४ जनालाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै कीर्तिपुर नगरपालिकाका माओवादीका उम्मेदवार शिवशरण महर्जनसहित ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो । जसमा धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका मेयरका उम्मेदवार राजमान महर्जनलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिका १६ मा वडाध्यक्षका चार जना उम्मेदवारलाई पनि स्पष्टीकरण सोधिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रोजिना श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मिनबहादुर मानन्धर, स्वतन्त्र उम्मेदवार पशुपती कठायत र सम शाक्यलाई पनि स्पष्टीकरण सोधिएको हो ।