काठमाडौं खबर मंसिर १५, २०८१
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को टिकटमा त्रिविका विद्यार्थीलाई आधा छुट दिने भएको छ । क्यानले सार्वजनिक गरेको टिकट दरमा उद्घाटन, फाइनल र बीचको खेलको लागि छुट्टाछुट्टै दररेट कायम गरिएको छ । ती सबै खेलमा त्रिविका विद्यार्थीलाई आधा छुट दिएको हो ।
मंसिर १६ गतेदेखि हुने एनपीएलको टिकट दर गत सार्वजनिक गरेको हो । जसमा सबै खेल हेर्नका लागि सिजनल पासको रूपमा ४४८० रुपैयाँ तोकिएको छ यही पास भीआईपीको लागि भने आठ हजार दुई सय ४० कायम गरेको छ । जुन सबै खेलको समग्र टिकटदरको २० प्रतिशत सस्तो हो । उद्घाटन खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ सात सय तोकिएको छ।
यस्तै, अन्य लिग खेलका लागि ३ सय र पाँच सय तोकिएको छ भने प्लेअफ खेलको दिन ५ सय र ७ सय तोकिएको छ । फाइनल खेलको दिनमा भने सर्वसाधारणले ५ सय र भीआईपीले १ हजार तिर्नुपर्नेछ।