काठमाडौं खबर मंसिर २३, २०८१
काठमाडौं । सनसनीपूर्ण खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई एक रनले जितेको छ । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनीसँग रोमाञ्चक जित हात पारेको हो ।
अन्तिम बलमा जितका लागि दुई रन आवश्यक रहेको लुम्बिनीका सन्दिप जोराले सट हान्दा उनी क्याच आउट भएर लुम्बिनी पराजित भएको हो ।
थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो । जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।