काठमाडौं खबर मंसिर २६, २०८१
काठमाडौं । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको वनकालीमा एकजना पुरुषको शव फेला परेको छ। गौशाला प्रहरीका अनुसार बेवारिसे अवस्थामा भेटिएको उनको शवलाई अहिले पोस्टमार्टमका लागि पठाइएको छ ।
काठमाडौं महानगरपालिका ८ पशुपति वनकालीमा रहेको पार्किङ नजिकै ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको हो ।
उनी इन्द्रबहादुर घले रहेको खुलेको छ। यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।