काठमाडौं खबर मंसिर २७, २०८१
काठमाडौं । एनपीएलको आज भएको रोचक खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्ससँग पराजित भएको छ । सुपरओभरमा गएको खेलमा पोखराले दिएको १९ रनको तार्गेटमा विराटनगर जम्मा पाँच रनमा सीमित भएको थियो ।
बिहान नौ बजेदेखि सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई १४० को तार्गेट दिएको थियो । तर पछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा जम्मा १३९ रन मात्रै बनाउन सकेपछि खेल सुपर ओभरमा गएको हो । यो एनपीएलको जारी सिजनको पहिलो सुपरओभर थियो ।
यो खेल हारेसँगै विराटनगर प्लेअप दौडबाट बाहिरिएको छ भने पोखराको झिनो सम्भावना कायमै रहेको छ ।