

काठमाडौं । नेपाली काँग्रेसले आठ वटा भातृ संस्थाको महाधिवेशन गराउनका लागि निर्देशक समिति गठन गरेको छ । आज सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि समन्वय र सहयोग गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको नेपाली काँग्रेसले जनाएको छ ।
केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम सभापति देउवाले केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा भने संशोधन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
यस्तो छ सदस्य र संयोजकहरू

