Author: Kathmandu Khabar

काठमाडौं । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताए । “हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ”, तौहिद हुसेनले पत्रकारहरूलाई भने । अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो । विरोध र झडपका क्रममा छ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । छयत्तर वर्षीया हसिना भारत भागेपछि र नोबेल…

Read More

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भाडाको घरको कोठामा मृत भेटिएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् । यसरी उनी सम्पर्कविहीन हुँदा अनुसन्धान उनीतिरै सोझिएको छ । अहिले अपराध अनुसन्धान महाशाखालगायतको अनुसन्धान…

Read More

काठमाडौं । काठमाडौंमा आज बिहानैदेखि मौसममा बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु तथा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकाको मौसममा बिहानैदेखि प्रभाव पारेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार मंगलबार राति काठमाडौंका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमबाट बादल आइरहेकोले त्यसैले काठमाडौँ उपत्यकामा दिनभर मौसम बदली भएर रातितिर पानी पर्ने सम्भावना देखिएको विभागले जनाएको छ ।

Read More

काठमाडौं । यसअघि नै निर्णय भएर पनि कार्यान्वयनमा आउन नसकेको सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुला गर्ने निर्णय अब कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यी अस्पताल आमनागरिकलाई समेत खुला गर्न आवश्यक प्रक्रिया थालेका हुन् । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अतिरिक्त सचिव डा टङ्क बराकोटी नेतृत्वको कार्यदल गठन गरेको छ । कार्यदललाई आमनागरिकलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्न र कार्यान्वयनको सम्भावनाबारे जानकारीसहितको प्रतिवेदन तयार गर्न भनिएको छ । विसं २०७४ जेठ ४ को मन्त्रिपरिषद् बैठकले नेपाल…

Read More

काठमाडौं । नेपाल सरकारले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायतका मुलुकमा जान चाहने वा जाने तयारीमा रहनुभएका नेपाली नागरिकलाई उचित ध्यान दिन र सावधानी अपनाउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले आज सूचना जारी गरी ती देशमा वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न अनुरोध गर्नाका साथै रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म/कम्पनी/रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म/कम्पनी/रोजगारदाताको वेबसाइट चेकजाँच गर्न आग्रह गरिएको छ । हालका दिनमा मानव बेचविखन एवं अन्य आपराधिक गतिविधिमा सङ्लग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगेर जबरजस्ती अवैध कार्यमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा…

Read More

काठमाडौं । सभापतिविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्यालले पाएका छन् । विधानअनुसार ज्येष्ठ सदस्यको हैसियतले अर्का उपसभापति स्वर्णीम वाग्लेले कार्यवाहक पाउनुपर्ने भएपनि सभापतिले तोकेको व्यक्ति हुने भन्ने अर्को प्रावधानलाई टेकेर रास्वपाले अर्याललाई जिम्मेवारी दिएको हो । आइतबार नै सभापति रवि लामिछानेले सो जिम्मेवारी दिएका थिए । पार्टीको सोमबार बसेको सचिवालय बैठकले सो निर्णयलाई अनुमोदन गरेको छ । जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानकारी दिए । कार्यवाहक सभापति तोकिए पनि संसदीय दलको नेता भने अहिले तोकिएको छैन । रविलाई सांसद पदबाट निलम्बन गर्ने कि नगर्ने…

Read More

पोखरा । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित पाँच जनाको मुद्दामा सुनुवाई सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा पाँचै जनाको बहस सुरु भएको हो । रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको छ । आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । आजदेखि बयान सुरु हुँदैछ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । अब बयान सकेपछि उनीहरूविरुद्ध थुनछेक बहस हुनेछ । राईकै इजलासले उनीहरूविरुद्ध थुनछेक बहस गर्नेछ…

Read More

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ का नेपाली काँग्रेसको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई क्षेत्रको विकासमा प्रदेश सरकार उदासीन बनेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । यस क्षेत्रमा रहेका काँग्रेस नेताको नाममा बनेका आयोजनालाई प्रदेश सरकारले बजेटमा बेवास्ता गरेको भन्दै अर्धवार्षिक समीक्षाबाट बजेटमा संशोधन गर्न माग गरेका हुन् । प्रदेश सरकार अन्तर्गत चालू आर्थिक वर्ष ०८१/८२ का योजनामा थप रकम माग, विपत् व्यवस्थापनको  रकम समेत नगरपालिकामार्फत नआएको गुनासो गरेका छन् । सोमबार राजधानी हेटौंडामा भएको भेटमा प्रदेश सांसद मिना पराजुली, पूर्व प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठसहित गगन थापाको सांसद कार्यालयका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । भेटमा उनीहरूले विभिन्न सामाजिक संघसंस्थालाई…

Read More

काठमाडौं । प्रहरीले डा निकोलस भुषाललाई पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका भुषालले सभापति रवि लामिछानेको हिरासतमा रहेको फोटो सार्वजनिक गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेका भुषालले सामाजिक सञ्जालमा यसको स्वीकार गर्दै माफी मागेका थिए । यस विषयमा गण्डकी प्रहरी कार्यालयले छानबिन समिति समेत गठन गरेको थियो । उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ । उनीमाथि साइबर क्राइम सम्बन्धी मुद्दामा अनुसन्धान गर्ने तयारी गरिएको छ ।

Read More

गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ । सो सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् । ‘गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पुर्‍याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ’, नगरप्रमुख कृष्णबहादुर रानामगरले भने, ‘नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।’ नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवासहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् । विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए । विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति (निर्वाण) भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेका स्वामी आनन्द अरुण स्मरण गर्छन् । प्रधानमन्त्री भएका बेला काठमाडौंमा ओशो तपोवनको उद्घाटन किसुनजीले नै गरेका थिए । जीवनकालमा किसुनजी पटकपटक ध्यान गर्न त्यहाँ पुग्थे । उनी किसुनजीलाई आफ्नो अडानमा…

Read More

काठमाडौं । भ्रष्टाचारविरोधी अभियानका अभियान्ता भरत जंगम सहकारी ठगी मुद्दामा पक्राउ परेका छन् । उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । साई स्वागत सहकारीका तत्कालीन अध्यक्ष समेत रहेका जंगमविरुद्ध सोही सहकारीको रकम हिनामिना मुद्दामा छानबिनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंका अनुसार प्रहरीले उनलाई पक्राउ गरी आइतबार म्याद थप गर्न अदालतमा पेस भएको छ। साई स्वागत सहकारी रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेको सहकारी हो ।

Read More

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनाविरुद्ध मुद्दा दायर भएको भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको जानकारी दिइन् । सभापति लामिछानेविरुद्ध मात्रै ३१ करोड बिगो दाबीसहितको मुद्दा आज जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विषयमा मुद्दा दायर भएसँगै…

Read More

गण्डकी । सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ३१ करोड बिगो दाबीसहितको मुद्दा आज जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विषयमा मुद्दा दायर भएसँगै सभापति लामिछाने स्वत: निलम्बनमा परेका छन् । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो । ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी…

Read More

काठमाडौं । संघीय सरकारले मुआब्जा समेत दिएर धनेश्वर खेल मैदान क्षेत्रको जग्गा किन्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिएको छ । पुष ५ गते नेपाल सरकारले बुढानीलकण्ठमा धनेश्वर खेलमैदानका लागि जग्गा खरिद गर्न बुढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिने निर्णय गरेसँगै बुढानीलकण्ठमा एउटा फुटबल मैदान बन्ने तथा बनाउने सपना सकार हुने भएको छ ।बुढानीलकण्ठ– ४ मा ३५ रोपनी जग्गामा धनेश्वर खेलमैदान बनाउनका लागि स्थानीयवासीसँगै वडाका जनप्रतिनिधिले देखेको एक दशक लामो सपना नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको विशेष पहलमा सम्भव भएको हो । खेल मैदान क्षेत्रको जग्गा खरिद स्वीकृति दिने सरकारले निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक गरेसँगै बुढानीकण्ठ नगरपालिका यतिखेर…

Read More

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३२ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । जीबीराईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको कार्यालयले बाँकी आरोपीहरूविरुद्ध अभियोगपत्र दर्ता गर्न लागेको हो । कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज उनीविरुद्ध अभियोगपत्र दर्ता हुने जानकारी दिइन्। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो।

Read More

चितवन । मलेसियामा आगामी जनवरीमा हुने महिला यु–१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले जानकारी दिए । यही पुस १० देखि २२ गतेसम्म बन्द प्रशिक्षण हुने प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन् । भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल क्रिकेट सङ्घ (क्यान) को आग्रहअनुसार मैदान उपलब्ध गराइएको बताए । उनले सन् २०२७ मा नेपाल र बङ्गलादेशमा तय भएको महिला यु–१९ विश्वकपका खेल यही रङ्गशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको पनि बताइन् । यसका लागि…

Read More

भरतपुर (चितवन) । मुग्लिन–काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरीतर्फ जाने भारी सवारीसाधन…

Read More

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले ओमोडा ईभी कार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, जनकपुरका ललित राजवंशी सर्वोत्कृष्ट बलर घोषित भएका छन् । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । प्लेयर अफ दि टुर्नामेन्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारेका छन् । उनले पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, कर्णाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन्…

Read More

काठमाडौं । आज सकिएको नेपाल प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडीमा सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरी चयन भएका छन् । योसँगै उनले एउटा कार पुरस्कार पाएका छन् । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्रले टिम उपविजेता बने पनि उनले उत्कृष्ट खेलाडीको उपाधि भने पाए । उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । त्यस्तै, नेपाल प्रिमियर लिग विजेता जनकपुर बोल्ट्सका ललित नारायण राजवंशी प्रतियोगिताकै ब्यालिस्टिक बलर बनेका छन्। उनले मोटरसाइकल जिते। प्रतियोगितामा उनले कुल १७ विकेट लिएका थिए । ललितले एनपीएलमा सबैभन्दा बढी ४० ओभर बलिङ गरे। एउटा बलरले पाउनेजति सबै…

Read More

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो । जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले १९…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई पहिले बलिङको निम्तो दिए । स्थानीय समयअनुसार खेल दिउँसो १२:३० बजेदेखि सुरु भएको हो । खेलमा सुदूरपश्चिमले पावर प्लेमा ४८ रन जोडेको छ । ‘पिच राम्रो छ, फाइनलमा शतप्रतिशत क्षमता प्रदर्शन गर्नेछौँ’, टस जितेपछि कप्तान ऐरीले भने, ‘हाम्रो लक्ष्य एक सय ६० रनभन्दा बढीको लक्ष्य प्रस्तुत गर्नुहुनेछ ।’ सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का…

Read More

काठमाडौं । नेपालमा पनि एक जनामा मंकिपक्स भाइरस पुष्टि भएको छ । बिहीबार साउदीबाट फर्किएका एक युवालाई जाँच गर्दा शुक्रबार मंकिपक्स पोजेटिभ देखिएको थियो । मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो । संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ । यस्तो छ मन्त्रालयको विज्ञप्ति :

Read More

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन् । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।

Read More

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

Read More

काठमाडौं । प्रहरीले बदनियत राखेर अनुसन्धान लम्ब्याएको भन्दै दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश जारी गरेको हो । प्रसाईंको तर्फबाट छोरा निराजनद्वारा दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो। व्यवसायी दुर्गा प्रसाईंमाथिको अनुसन्धानमा प्रहरीको बदनियत देखिएको सर्वोच्च अदालतले ठहर पनि प्रहरीको छ । उनलाई मंसिर ४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। सीआईबीले आफ्नै कार्यालयमा पहिल्यै परेको उजुरीमा अनुसन्धान नगरी विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न साइबर ब्युरोमा पठाएको पाइएको छ। यति…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रकाशकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै कारबाही गर्न सिफारिस गरिएको बताएका छन् । काठमाडौँ टावरको १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तलाको नक्सा स्वीकृति दिएको पाइएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ : ‘सोही प्रकयामा १२ तलाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा १९ तलाको संशोधित नक्सा पेस गरेको देखिन्छ। सो नक्सा मिति २०७४ वैशाख ८ गते दुवै पक्षबीच भएको सम्भौताविपरीत…

Read More

काठमाडौं । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग  नेपाल नौ विकेटले पराजित भएको हो । जितसँगै बङ्गलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको  छ । आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो ।  जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । बङ्गालदेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले  १८ रन…

Read More

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बङ्गलादेशसंग सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ । यसअघि सुपर–४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलङ्काले समान एक/एक अङ्क बाँडेका थिए । आजको खेल नेपालको लागि महत्वपूर्ण छ । आजको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह…

Read More

काठमाडौं । कास्की जिल्ला अदालतको कारागारमा हिरासत जीवन बिताइरहेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक भएको छ । मंसिर २९ गते डा निकोलस भुषालको फेसबुकमा सार्वजनिक भएको यो फोटो पछिल्लो समय लामिछानेका स्वकीय सचिव दीपक बोहोराको फेसबुकबाट सार्वजनिक भएको हो । जुन फोटोमा रविलाई एउटा सिंगल कोठा उपलब्ध गराइएको छ । महँगो पर्ने मिनेरल वाटर केही थान पुस्तकहरू एवं सुविधासम्पन्न खाटमा राम्रो सुविधा दिएको देखिएको छ । हिरासतमा उचित सुविधा नदिएको र मानवअधिकार हनन् भएको भन्ने भनेर बाहिर सार्वजनिक प्रचार गरिएका लामिछानेलाई हिरासतमा ज्वाईंलाई जस्तो सुविधा दिएको सो फोटोले पुष्टि गरेको छ । त्यसो त यो…

Read More