काठमाडौं खबर पुस ६, २०८१
काठमाडौं । नेपालमा पनि एक जनामा मंकिपक्स भाइरस पुष्टि भएको छ । बिहीबार साउदीबाट फर्किएका एक युवालाई जाँच गर्दा शुक्रबार मंकिपक्स पोजेटिभ देखिएको थियो ।
मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो ।
संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ ।
यस्तो छ मन्त्रालयको विज्ञप्ति :