काठमाडौं खबर पुस ५, २०८१
काठमाडौं । प्रहरीले बदनियत राखेर अनुसन्धान लम्ब्याएको भन्दै दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश जारी गरेको हो ।
प्रसाईंको तर्फबाट छोरा निराजनद्वारा दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो। व्यवसायी दुर्गा प्रसाईंमाथिको अनुसन्धानमा प्रहरीको बदनियत देखिएको सर्वोच्च अदालतले ठहर पनि प्रहरीको छ ।
उनलाई मंसिर ४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। सीआईबीले आफ्नै कार्यालयमा पहिल्यै परेको उजुरीमा अनुसन्धान नगरी विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न साइबर ब्युरोमा पठाएको पाइएको छ। यति मात्र होइन, उक्त उजुरीको मितिमा समेत केरमेर गरेको देखिएको सर्वोच्चको ठहर छ ।