काठमाडौं खबर पुस ८, २०८१
काठमाडौं । प्रहरीले डा निकोलस भुषाललाई पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका भुषालले सभापति रवि लामिछानेको हिरासतमा रहेको फोटो सार्वजनिक गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेका भुषालले सामाजिक सञ्जालमा यसको स्वीकार गर्दै माफी मागेका थिए । यस विषयमा गण्डकी प्रहरी कार्यालयले छानबिन समिति समेत गठन गरेको थियो ।
उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ । उनीमाथि साइबर क्राइम सम्बन्धी मुद्दामा अनुसन्धान गर्ने तयारी गरिएको छ ।