Author: Kathmandu Khabar

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी एक युवती काठमाडौंको गौशालाको एक गेस्ट हाउसमा मृत भेटिएकी छन् । पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा २२ वर्षीया युवती मृत भेटिएकी हुन् । बुधबार गेस्ट हाउसको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दिउँसोसम्म उनले ढोका नखोलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा तोडेर हेर्दा युवती मृत भेटिएकी हुन्।

Read More

काठमाडौं। सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा महसुस गरिएको छ। बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोकमा गएको ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको भूकम्पमापन केन्द्रले जनाएको छ ।

Read More

काठमाडौं । सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ । सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ । कार्यालयले केही कम्पनी तथा आपूर्तिकर्तालाई तीन वर्ष, केहीलाई एक वर्ष तथा केहीलाई छ महिनाका निम्ति कालोसूचीमा राखेको जनाइएको छ…

Read More

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित आ-आफ्नो समितिको सभाकक्षमा बैठक बिहान ११ र दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बिहीबार ६ वटा संसदीय समितिको बैठक बस्न लागेको हो । जसमा भ्रष्टाचार निवारण ऐन र नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेलगायत महत्वपूर्ण विषयमा छलफल हुँदैछ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.व. २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति, नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने पूर्वाधार…

Read More

काठमाडौं । नेपालको होटल व्यवसायमा करिब दुई तिहाइ कामदार तथा साझेदारहरू बेतलबी रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेष्टुरेन्ट सर्वेक्षण, २०८०’ मा उक्त संख्यामा होटेल तथा रेष्टुरेन्टका कर्मचारी बेतलबी हिसाबले संलग्न रहेको देखिएको हो । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको उक्त सर्भेक्षणमा कुल १ लाख ४१ हजार २२३ वटा आवास तथा भोजन सेवासँग सम्वन्धित प्रतिष्ठानहरु रहेको उल्लेख गरिएको छ ।  ती संस्थाहरुमा कुल ३ लाख ८७ हजार ७४७ जना आवद्ध भएको सर्भेक्षणले देखाएको छ । यो सो क्षेत्रका आवद्ध व्यवसायी तथा उनीहरुका साझेदार, वेतलबी पारिवारिक सदस्यहरु र तलबी रोजगार व्यक्तिको समेत संख्या…

Read More

काठमाडौं । सरकारले नेपालमा रहेका होटल व्यवसाय एवं नेपालमा आवास तथा भोजन सेवा प्रदान संस्था र त्यसको कर्मचारीहरूको संख्या सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेष्टुरेन्ट सर्वेक्षण, २०८०’ मा उक्त संख्यामा होटेल तथा रेष्टुरेन्ट नेपालमा रहेको उल्लेख गरिएको हो । तथ्यांकअनुसार होटल तथा रेस्टुरेन्टमा तलब पाउने कामदारभन्दा होटलको संख्या धेरै रहेको भेटिएको छ । तथ्यांकअनुसार एक लाख ४२ हजार २२३ वटा होटेल तथा रेस्टुरेन्ट रहेको पाइएको छ । ‘सर्वेक्षणको नतिजाअनुसार सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने जम्मा एक लाख ४२ हजार २२३ प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन्,’ कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ…

Read More

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । मंगलबारबाट सुरु भएको थुनछेक बहसमा सरकारी वकिलहरूको बहस बुधबार सकिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन्। यस्तै, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले पनि बहस गरेका छन्। उच्च सरकारी वकिल कार्यालयका वकिलहरुले भने जवाफी बहस गर्ने भएका छन्। कास्की जिल्ला अदातलतका अनुसार बिहीबारदेखि जाहेरवालाको तर्फबाट बहस हुनेछ। उनीहरुको बहस सकिएपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ ।

Read More

काठमाडौं । नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न विषयमा आरोप लगाएका छन् । निष्काशित भएपछि पहिलो पटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले ३५ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा उनले विशेष गरेर पार्टी अध्यक्ष ओलीमाथि आफ्ना असन्तुष्टि व्यक्त गरेका हुन् । एमाले अध्यक्ष ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले उनै ओलीमाथि आफ्ना रोष प्रकट गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनले ओलीमाथि तेर्स्याएका प्रश्नसहितको प्रतिवेदन यस्तो छ ।

Read More

काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आज जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए । त्यसैगरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१  र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ । सरकारले फिलिपिन्समा आयोजना हुने ‘फेस टु फेस मिटिङ’ मा २०८१…

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ । नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ र डिजेल/ मट्टीतेलमा दुई रूपैयाँ बढाएको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।  क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ ५० पैसा पर्नेछ। दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ…

Read More

काठमाडौं । नेकपा एमालेले निकालेका नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टीबाट निकालेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका रावलले आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गर्ने आकलन गरिएको छ । उनले आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै छन्। नेकपा एमालेले यही पुस १० गते सचिवालय बैठकमार्फत पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेको थियो । यसबीच उनले नयाँ पार्टी खोल्ने चर्चा पनि चलेको थियो। तर नेता रावलले सबै कुरा आजकै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइरहेका छन्।

Read More

काठमाडौं । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो…

Read More

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन र आम चुनावको बारेमा मात्रै धेरै टाउको नदुखाउन पार्टी नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । मंगलबार बीपीको मेलमिलाप नीतिबारे चर्चा गर्न काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीको नियमित महाधिवेशनको प्रक्रियालाई लिएर अनावश्यक भ्रम फैलाउने गरी चर्चा गरिएको भन्दै महाधिवेशन समयमै हुनेमा ढुक्क हुन उनले सबै समक्ष अनुरोध गरे । ‘पार्टीको मञ्चमा आजभोलि हेर्छु, जहाँ पनि बहस, छलफल केमा भइरहेको छ? कि हामी २०८४को चुनावको कुरा गर्छौं, कि हामी महाधिवेशनको कुरा गर्छौं,’ थापाको आग्रह छ, ‘छोड्दिउ। १५ औं महाधिवेशन हुन्छ। १२ औं, ११ औं, १० औं भएको छ भने…

Read More

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा उनलाई नियुक्त गरेका हुन् । यसअघिका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । राईको स्थायी घर झापाको शिवसताक्षी नगरपालिका वडा नं २ मा रहेको छ । यो प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र रहेको कमल गाउँपालिकासँग सिमाना जोडिएको पालिका हो । राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

Read More

काठमाडौं । सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादीको थुनछेक बहस सुरु भएको छ । सातै जना प्रतिवादीहरूको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको हो । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बहसमा सरकारी वकिलको कार्यालयको तर्फबाट बुधबार सुजाता पौडेल, शान्तिदेवी शर्मा, बिपिनराज तिवारी र कमला काफ्लेले बहस गर्ने तयारी रहेको छ । त्यस्तै, सो मुद्दामा बहस गर्नका लागि केन्द्रमा महान्यायाधिवक्ताको कार्यालयबाट समेत टोली गएको छ । बुधबार नै महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले बहस गर्ने तयारी रहेको छ । त्यस्तै, सरकारी वकिल र जाहेरवालाको तर्फबाट…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा दश सदस्य मनोनयन गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा दश जनालाई आज उनले मनोनयन गरेका हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), ध्रुव खड्का (काठमाडौँ), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), सञ्जीव घिमिरे (झापा), जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौँ)लाई मनोनयन गरेका हुन् ।

Read More

काठमाडौं । काठमाडौं र ललितपुरमा मंगलबार बिहानै भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । काठमाडौंको नेपालटार र ललितपुरको भैँसेपाटीमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो । नेपालटारमा सोमबार राति साढे ९ बजे मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको चैनपुर घर भई हाल बौद्ध बस्ने ३३ वर्षीय कमल राई छन् । उनको उपचारको क्रममा राति १० बजेर २० मिनेटमा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति नै ललितपुरको भैंसीपाटीमा यात्रुबाहक माइक्रोबसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बा३ख ३१०२ नम्बरको माइक्रो…

Read More

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदैछ । तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ । तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ छ । तामाङ जातिले भने आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को…

Read More

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा…

Read More

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात…

Read More

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताए । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा…

Read More

काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट बस्नेत दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । मेयर भएपछि बस्नेतले नागार्जुन नगरपालिका ५ स्थित सीता होम कोलोनीमा करिब १० करोड रुपैयाँ मूल्य बराबरको निजी निवास निर्माण सम्पन्न गरेको र वाफलस्थित चक्रपथमा ५० करोड रुपैयाँ बराबरको भवन सपिङ मलका लागि निर्माण गरिरहेको उजुरी आयोगमा परेको छ । बस्नेतले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको, सरकारी जग्गा मिचेको, गैरकानुनी आर्जन गरेको सम्पत्ति खेलकुदमा प्रयोग गरेको, श्रीमतीलाई नगरपालिकामा…

Read More

काठमाडौं । काठमाडौंको सेतो पुलमा एक किशोरीमाथि सामूहिक बलात्कार अभियोगमा दुई किशोर पक्राउ परेका छन् । गत पुस ९ गते भएको घटनाको उजुरीको आधारमा शनिबार दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका ६ घर भई काठमाडौँ महानगरपालिका ३० रूद्रमार्ग बस्ने दुई १८ वर्षीय किशोरहरू रहेका छन् । उनीहरूले १७ वर्षीया किशोरीलाई घुम्न जाने भनी ललाई फकाई आफ्नो कोठामा लगेर पुस ९ गते राती जबरजस्ती करणी गरेको जाहेरी परेको थियो।

Read More

काठमाडौं । सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरण मुद्दामा हिरासत जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ उत्रिएका छन् । उनले रविलाई सम्पत्ति शुद्धीकरण मुद्दा लगाएकोमा असन्तुष्टि जनाएका हुन् । सहकारी ठगी प्रकरणमा आफैँ विवादित बनिरहेका बेलामा अर्का विवादित बनेका लामिछानेको बचाउमा गुरुङले अभिव्यक्ति दिएका हुन् । रुङले एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम नहुने बताए । महोत्तरी क्षेत्र नम्बर ३ जलेश्वरमा कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै गुरुङले सम्पत्ति छानविन एक/दुई नभई सबै नेताको हुनुपर्ने बताए । एक/दुई जना नेताको मात्रै सम्पत्ति छानविन गरेर नेता तर्साउन नहुने उनको धारणा थियो…

Read More

काठमाडौं । नेकपा एमालेबाट कारबाही भोगेका भीम रावललाई लक्षित गर्दै एमालेका उपमहासचिव विष्णु रिमालले आक्रोशपूर्ण स्टाटस लेखेका छन् । रावलको नाम नलेखे पनि स्पष्टरूपमा बुझिने गरी भीम रावललाई कटाक्ष गर्दै लामो स्टाटस लेखेका छन् । उनले एमाले रावलको पार्टी नभएको भन्दै ह्याउ भए आफ्नै पार्टी खोलेर देखाउन चुनौती दिएका छन् । ‘‘अनवरत ‘किच–किच’ गरेर बसिरहे। प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरु भएको विवादमा, हामी एकताको पक्षमा उभियौँ,’’ उनले लेखेका छन्, ‘‘उनले विभाजनको बाटो रोजे । बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बीचमै छोडे, अन्तै दौडिए। ‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।’’ फेरि एक समय ‘जोरीपारी’हरू…

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामध्ये दश वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ । यस अवधिमा विभागले वडा नं ५, ७, १०, १२, १९, २०, २४, २५, २६ र २७ गरी १० वटा वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याइएको हो । कामपाले यो योजना ल्याएको लामो समय भए पनि पूर्णअभ्यास गरी प्रभावकारी कार्यान्वयनमा अहिले ल्याइएको कामपाका वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्। चालु आवमा सबै वडामा उक्त अध्यास कार्यान्वयनमा ल्याइने छ भन्दै वर्गीकरण गरी सङ्कलन गरिएको फोहरमात्र अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा लागिने उनले उल्लेख गरिन् । रानीपोखरी, कमलपोखरी, हिटिपोखरी, गहनापोखरी, नागपोखरीलगायत विभिन्न १० वटा पोखरीको नियमित सफाइ गरेर…

Read More

काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।  एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं । शनिबार दिनभर घामको अनुहार समेत देख्न नपाइएको काठमाडौंको मौसम आइतबारदेखि भने सफा रहने मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा  सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई…

Read More

काठमाडौं । बुढानीलकण्ठ काँग्रेसले बृहत् अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ । राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा पुष १५ गते सोमबार कार्यक्रम गर्न लागेको हो । बिहान ८ बजे बुनपा १३ चुनिखेलमा रहेको  सार पार्टी प्यालेसमा कार्यक्रम हुने नगर समिति सचिव बिजेन्द्र श्रेष्ठले जानकारी दिए ।

Read More