काठमाडौं खबर पुस १७, २०८१
काठमाडौं । नेकपा एमालेले निकालेका नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टीबाट निकालेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका रावलले आफ्नो आगामी राजनीतिक यात्राबारे घोषणा गर्ने आकलन गरिएको छ ।
उनले आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै छन्। नेकपा एमालेले यही पुस १० गते सचिवालय बैठकमार्फत पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेको थियो ।
यसबीच उनले नयाँ पार्टी खोल्ने चर्चा पनि चलेको थियो। तर नेता रावलले सबै कुरा आजकै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइरहेका छन्।