काठमाडौं खबर पुस १७, २०८१
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । मंगलबारबाट सुरु भएको थुनछेक बहसमा सरकारी वकिलहरूको बहस बुधबार सकिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो।
सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन्। यस्तै, नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले पनि बहस गरेका छन्। उच्च सरकारी वकिल कार्यालयका वकिलहरुले भने जवाफी बहस गर्ने भएका छन्।
कास्की जिल्ला अदातलतका अनुसार बिहीबारदेखि जाहेरवालाको तर्फबाट बहस हुनेछ। उनीहरुको बहस सकिएपछि प्रतिवादीको तर्फबाट बहस हुनेछ ।