काठमाडौं खबर पुस १६, २०८१
काठमाडौं । सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादीको थुनछेक बहस सुरु भएको छ । सातै जना प्रतिवादीहरूको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको हो ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको बहसमा सरकारी वकिलको कार्यालयको तर्फबाट बुधबार सुजाता पौडेल, शान्तिदेवी शर्मा, बिपिनराज तिवारी र कमला काफ्लेले बहस गर्ने तयारी रहेको छ । त्यस्तै, सो मुद्दामा बहस गर्नका लागि केन्द्रमा महान्यायाधिवक्ताको कार्यालयबाट समेत टोली गएको छ । बुधबार नै महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले बहस गर्ने तयारी रहेको छ ।
त्यस्तै, सरकारी वकिल र जाहेरवालाको तर्फबाट बहसपछि सकिएपछि प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रास्वपा सांसद सोबिता गौतमलगायतले बहस गर्ने तयारी गरेका छन् ।