काठमाडौं खबर पुस १८, २०८१
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी एक युवती काठमाडौंको गौशालाको एक गेस्ट हाउसमा मृत भेटिएकी छन् । पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा २२ वर्षीया युवती मृत भेटिएकी हुन् ।
बुधबार गेस्ट हाउसको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
दिउँसोसम्म उनले ढोका नखोलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा तोडेर हेर्दा युवती मृत भेटिएकी हुन्।