काठमाडौं खबर पुस १४, २०८१
काठमाडौं । सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरण मुद्दामा हिरासत जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ उत्रिएका छन् । उनले रविलाई सम्पत्ति शुद्धीकरण मुद्दा लगाएकोमा असन्तुष्टि जनाएका हुन् ।
सहकारी ठगी प्रकरणमा आफैँ विवादित बनिरहेका बेलामा अर्का विवादित बनेका लामिछानेको बचाउमा गुरुङले अभिव्यक्ति दिएका हुन् । रुङले एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम नहुने बताए ।
महोत्तरी क्षेत्र नम्बर ३ जलेश्वरमा कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै गुरुङले सम्पत्ति छानविन एक/दुई नभई सबै नेताको हुनुपर्ने बताए । एक/दुई जना नेताको मात्रै सम्पत्ति छानविन गरेर नेता तर्साउन नहुने उनको धारणा थियो । ग्रेसमा एक नेताले अर्को नेतालाई सार्वजनिक रुपमा गाली गर्दा नागरिकमा नैरश्यता पैदा हुने विचार राखे ।