काठमाडौं खबर पुस ३, २०८१
काठमाडौं । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स क्वालिफायर टु मा पुगेको छ । आजको पहिलो खेलमा १७६रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो ।
चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।
कर्णालीले अब फाइनलमा स्थान बनाउनका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीविरुद्ध खेल्नेछ। पहिलो क्वालिफायरमा आजै सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।
चौथो स्थानमा पुगेसँगै चितवनले १५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएको छ।