काठमाडौं खबर पुस ५, २०८१
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न ठाउँमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने जनाएको हो ।
बिहान १०:३० देखि मध्याह्न १२:०० बजेसम्म बिजुली कटौती गर्ने भएको हो । प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।