काठमाडौं । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सकेसम्म आजै र नभए पनि आइतबार मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
गत पुस १ गते जिल्ला प्रहरी कार्यालय कास्कीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता गराइसकेको छ । वकिलको कार्यालयले यसलाई दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नियमअनुसार सरकारी वकिलको कार्यालयले अन्तिमपटक भन्दै रविको म्याद थप गरेको म्याद शु्क्रबार मध्यराति सकिँदैछ । शनिबार सरकारी बिदा हुने भएकोले शुक्रबार मुद्दा दर्ता गर्न नभ्याए आइतबार अदालत खुल्नेबित्तिकै मुद्दा दर्ता गर्ने तयारी रहेको कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।
शनिबार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म आजै वा आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ ।