काठमाडौं खबर पुस २, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । आज अन्तिमपटक म्याद थपका लागि अदालत लगेको प्रहरीले चार दिन नै म्याद थपको अनुमति मागेको थियो ।
रविलगायत ५१ जनाविरुद्ध अदालतमा मुद्दा दायर गर्न प्रहरीले फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको छ । त्यसको मिसिल तयार पार्न बाँकी रहेको भन्दै म्याद थप गरिएको हो । आज म्याद थप गर्न अदालत लैजाँदा रविले त्यति भनेपछि न्यायाधीश हिमलाल बेलबासे ‘त्यो पछि थाहा हुन्छ। तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ।’ भनेर चार दिनको म्याद थप गरेका थिए ।
लामिछानेको अब चार दिनभित्रमा अदालतमा मुद्दा पेश हुनेछ । मुद्दा पेश भएपछि थुनछेक बहस सुरु हुनेछ । जसमा उनले कास्की अदालतबाट रिहाइको आदेश पाए भने पनि उनी यसअघि बयान दिन गएका सबै अदालतमा उनलाई उपस्थित गराएर ती सबै अदालतमा थुनछेक बहस गर्नुपर्नेछ ।
अत: अबको चार दिनमा नै उनी छुटिहाल्ने सम्भावना भने कम रहेको देखिएको छ ।