काठमाडौं खबर पुस १०, २०८१
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९२ लाख रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । गएराति काठमाडौंको जोरपाटीबाट सो मात्रामा पैसा बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा रसुवा घर भएका जीतबहादुर तामाङ, संखुवासभा घर भएका सन्तोष खाती र रवि धमला छन् ।
यो रकम कहाँबाट आयो र कहाँ लगिँदै थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।