काठमाडौं खबर पुस ११, २०८१
काठमाडौं । कास्की अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । आज सहकारी ठगी प्रकरणमा मुछिएकी लीला पछाईंको बयान सकिएपछि लामिछानेको पालो आएको हो । कुल पाँच जनाको बयान चलिरहेको छ । सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएका पाँच जनाको बयान चलिरहेको छ ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेपछि दुई जनाको बयान सकिएपछि उनीहरूको थुनछेब बहस सुरु हुनेछ ।
सोमबार र मंगलबार पूर्वडीआईजी समेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बयान भएको थियो । त्यसपछि लिलाको बयान सकाइएको हो ।