काठमाडौं खबर पुस २२, २०८१
काठमाडौं। पछिल्ला दिनहरूमा काठमाडौँको न्यूनतम तापक्रम बढ्दै गएको छ। न्यूनतम तापक्रम बढेसँगै काठमाडौँको जाडो भन्ने कम हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ६ बजेको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा उक्लिएको छ।
अघिल्लो दिन अर्थात् आइतबार ७ दशमलव २ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम सोमबार भन्ने एक्कासी बढेको हो।
राति आकाशमा बादल लागेका कारण आज न्यूनतम तापक्रम बढेको हो। सामान्यतया आकाशमा बादल लागेको बेला भोलिपल्टको न्यूनतम तापक्रम बढ्ने गर्दछ ।
विभागका अनुसार सोमबार दिउँसो पनि आइतबार जस्तै धुम्म हुने र एकदमै कम घाम लाग्ने सम्भावना रहेको छ। त्यस्तै मङ्गलबार भन्ने काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ । घाम नलागेका कारण आज दिउँसो भने जाडो बढ्ने सम्भावना रहेको छ ।