

काठमाडौं । काठमाडौँको पिंगलास्थानस्थित बागमती होटेलमा मृतक युवतीलाई छाडेर भागेका युवक ओखलढुंगामा मृत भेटिएका छन्।
बिहीबार काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका २३ वर्षीय देवबहादुर थापा शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
उनको शव ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।
सुस्मिताको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले निष्कर्ष निकालेको छ । देवबहादुर र सुस्मिता पुस १६ गते (मंगलबार) उक्त होटोलमा बस्न पुगेको खुलेको छ ।