काठमाडौं खबर पुस २३, २०८१
काठमाडौं । आज बिहान काठमाडौँमा समेत धक्का महसुस हुनेगरी गएको भूकम्प ७ म्याग्नेच्युडको भएको पुष्टि भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले मङ्गलबार बिहान दिएको जानकारी अनुसार चीनको तिब्बत र नेपालको सिमाना आसपास भएर शक्तिशाली भूकम्प गएको हो।
भूकम्पका कारण काठमाडौँ उपत्यकामा बिहानै सर्वसाधारणहरू घर छाडेर सडकमा निस्किएका थिए। तर क्षतिको विवरण भन्दै अहिलेसम्म आइसकेको छैन।