काठमाडौं । सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको यौनसम्पर्क र विवाद मिलाउन आर्थिक लेनदेन गरेको सम्बन्धमा न्युयोर्कको एक अदालतले फैसला सुनाउने तयारी गरेको छ। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिने करिब १० दिनअघि उनीविरुद्धको मुद्दामा फैसला हुन लागेको हो।
ट्रम्पले यही जनवरी २० मा पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । त्यसको १० दिन अगाडि न्यूयोर्क अदालतले ट्रम्पलाई सजाय सुनाउने तयारी गरेको हो ।
अदालतले उनलाई दोषी ठहर गरेपनि उनको हाइट हाउस प्रवेशमा भन्ने कुनै बन्देज लाग्ने छैन। तर उनी एक दोषी राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्नेछन् । सो अदालतले उनलाई दोषी ठहर गरे पनि उनीसँग पुनरावेदन गर्ने अधिकार रहनेछ। त्यसकारण उनको राष्ट्रपतिको शपथ ग्रहणमा कुनै असर गर्ने छैन। तर पुनरावेदनमा समेत उनी दोषी ठहर भए भने उनको राष्ट्रपति पद समेत जान सक्नेछ।
आफ्नो शपथ समारोह पूर्व फैसला सुनाउने अदालतको तयारीलाई ट्रम्पले भने राजनीतिक आक्रमण भनेका छन् । सो मुद्दाको सुनवाई गरिरहेका अदालतका न्यायाधीशले संकेत गरे अनुसार रोनाल्ड ट्रम्पलाई साधारण तारेखमा छाड्न सक्ने देखिएको छ। ती न्यायाधीशले संकेत गरे अनुसार फैसलापछि राष्ट्रपति ट्रम्प अदालतले तोकेको समयमा भर्चुअल रुपमा अदालतमा तारिखका हुन सक्नेछन् ।
दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएसँगै ट्रम्पले आफूविरुद्धको मुद्दा खारेज गर्ने प्रयासमा जुटेका थिए। तर अदालतले उनी राष्ट्रपति बन्नुपूर्व नै यसको फैसला सुनाउने तयारी गरेको हो।
शपथ ग्रहणको १० दिनअघि ट्रम्पविरुद्धको मुद्दामा फैसला गर्ने अदालतको तयारetrtगत मे महिनामा ट्रम्पलाई ३४ आपराधिक आरोपमा दोषी ठहराइएको थियो, जसमा उनले २०१६ को चुनाव प्रचारको अन्तिम दिनमा वयस्क फिल्म स्टार स्टॉर्मी डानियल्सलाई १,३०,००० डलर तिर्नका लागि आफ्नो पूर्व वकिल माइक कोहेनलाई भुक्तानी गरेको समेत आरोप छ ।