काठमाडौं खबर पुस १८, २०८१
काठमाडौं। काठमाडौंको गौशालाको एक गेस्ट हाउसमा मृत भेटिएकी युवतीको पहिचान भएको छ। पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा भेटिएकी युवती कागेश्वरी मनोहरा नगरपालिकाकी सुस्मिता खड्का रहेको खुलेको हो ।
उनी बिहीबार जापान जाने तयारीमा थिइन्। अंग्रेजी नयाँ वर्षको अघिल्लो साँझ उनी एक युवकसँग गेस्ट हाउसमा आएकी थिइन् । सँगै आएका युवक अहिले फरार छन्।
बुधबार गेस्ट हाउसको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो ।दिउँसोसम्म उनले ढोका नखोलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा तोडेर हेर्दा युवती मृत भेटिएकी थिइन्।
सँगै बसेका युवक पनि बिहीबार नै जापान फर्किने तयारीमा रहेको बुझिएको प्रहरी स्रोतले जानकारी दिएको छ।