काठमाडौं खबर पुस २३, २०८१
काठमाडौं। आज बिहान काठमाडौँमा समेत धक्का महसुस हुनेगरी गएको भूकम्प ७ म्याग्नेच्युडको भएको र भूकम्पको केन्द्र तिब्बतको दिग्गी भएको भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको केन्द्रबिन्दु भएको तिब्बतको दिग्गी पूर्वी नेपालको सिमाना पर्ने क्षेत्र हो। पूर्वी नेपालको ताप्लेजुङबाट करिब ५० किलोमिटरको दुरीमा रहेको सो क्षेत्रमा शक्तिशाली भूकम्प गएका कारण पूर्वी नेपालको उत्तरी भेगमा यसले क्षति पुर्याएको हुन सक्ने आकलन गरिएको छ तर क्षतिको विवरण भन्ने हालसम्म आइसकेको छैन।
भूकम्पका कारण काठमाडौँ उपत्यकामा बिहानै सर्वसाधारणहरू घर छाडेर सडकमा निस्किएका थिए। भूकम्पको केन्द्रविन्दु काठमाडौँ उपत्यकाबाट भन्ने २८० किलोमिटर टाढा रहेको छ।