![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । नेकपा माओवादी केन्द्रको बुनपा नगर कार्यसमितिमा भाइनारायण श्रेष्ठ दोहोरिएका छन् । आइतबार सम्पन्न चौथो नगर सम्मेलनबाट उननको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्ष हेमा अधिकारी, राज प्याकुरेल र पुरुषोत्तम कोइराला निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा टीका नगरकोटी, सहसचिवमा दीपक अधिकारी, कोषाध्यक्ष दामोदर पौड्याल निर्वाचित भएको माओवादी केन्द्र बुनपाले जनाएको छ ।
निर्वाचित अध्यक्ष श्रेष्ठका अनुसार सबै पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । उनले अब पार्टीलाई नयाँ हिसाबले अघि बढाउँदै बुढानीलकण्ठ नगर पालिकामा माओवादी केन्द्रलाई बलियो पार्टीको रूपमा स्थापित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।