काठमाडौं खबर पुस २४, २०८१
काठमाडौं । मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी बुझाउन दिएको आदेश लगत्तै धरौटी रकम बुझाएर प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला रिहा भएकी छन् ।
मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै अन्जलाले १० लाख रूपैयाँ बुझाएकी हुन् । अदालतको आदेशलगत्तै उनले तुरुन्तै १० लाख रुपैयाँ जुटाएकी थिइन् ।
सहकारीसम्बन्धी कसुरमा मुद्दा चलाइएपछि बुधबार बिहान अदालतमा उपस्थित भएकी उनलाई जिल्ला अदालतले १० लाख धरौटी माग्दै थुनामा बस्नु नपर्ने गरी आदेश दिएको हो।
उनीविरुद्ध २२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ।