

काठमाडौं । काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार गरेको थुनछेक आदेशमा उनलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
गत आइतबारदेखि चलेको बयान र थुनछेक बहसमा आज आदेश आएको हो । यसअघि उनलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।