

काठमाडौं। आजदेखि आइसिसी यु-१९ विश्वकप २०२५ को दोस्रो संस्करण सुरु हुँदैछ। मलेसियाको बाङ्गी स्थित युकेएम क्रिकेट ओभलमा शनिबार दिउँसो नेपाली समयअनुसार सभा १२ बजेदेखि खेल सुरु हुन लागेको हो।
प्रतियोगिताको पहिलो दिन शनिबार छवटा खेल हुँदैछ। जसमा नेपालले बङ्गलादेशसँग आफ्नो पहिलो खेल खेल्न लागेको छ।
यसअघि नेपालले बङ्गलादेशसँग गत डिसेम्बरमा भएको यु १९ एसिया कपमा खेल खेलिसकेको छ भने त्यतिबेला नेपाल बङ्गलादेशसँग पराजित भएको थियो।
विश्वकप अन्तर्गत नेपाल र बङ्गलादेश बाहेक इङ्ल्यान्ड र आयरल्यान्ड अस्ट्रेलिया र स्कटल्यान्ड, सामु आ र नाइजेरिया पाकिस्तान र अमेरिका र दक्षिण अफ्रिका र न्युजिल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ।
मलेसियाली सञ्चार माध्यमहरूका अनुसार आजको वातावरण भन्ने बाङ्गी रङ्गशाला आसपास त्यति राम्रो रहेको छैन। आज सो रङ्गशाला आसपासमा वर्षाको सम्भावना समेत देखिएको बताइएको छ।