

काठमाडौं। प्रतिनिधि सभाको प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक आज बस्ने भएको छ। संसदको हिउँदै अधिवेशन बोलाउन दबाब दिने लगायतका विषयमा छलफल गर्नका लागि शुक्रबार दिउँसो बैठक बस्न लागेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा बस्न लागेको बैठक दिउँसो २ बजे विपक्षी दल दलको कार्यालय नयाँ बानेश्वरमा बस्न लागेको हो ।
यसअघि बुधबार छलफलमा जुटेका प्रतिपक्षी दलहरूले सरकारको काम कारबाहीको समीक्षा गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने विषयमा छलफल गरेका थिए।
संयुक्त बैठक सकिए लगत्तै दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरको लोत्से हलमा संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी गरिएको माओवादीले जनाएको छ।