

काठमाडौं । नक्साल चारढुङ्गामा मूर्ति भेटिएपछि रोकिएको सडक निर्माण पुन: सुरु भएको छ । कामपा वडा नं. १ नक्साल क्षेत्रमा पर्ने परम्परागत पैदल बाटो निर्माण गर्ने क्रममा भैरव मूर्ति देखिएपछि सो निर्माण कार्य रोकिएको थियो ।
मूर्ति भेटिएको ठाउँमा मन्दिर बनाई क्षमापूजासहित शनिबार पुन: काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ । शनिबार प्रतिनिधिसभाका सोही क्षेत्रका सांसद गगन कुमार थापाले शिलान्यास (ढुंगा बिछ्याउने कार्य ) गरेका हुन् ।
नक्शाल भगवती बहालमा आयोजित कार्यक्रममा सरोकारवाला, घरधनी, टोलवासीहरू उपत्यका विकास प्रधिकरणका प्रमुखसहित जनप्रतिनिधिहरुको निर्णयअनुसार कार्य भइरहेको जनाएका छन् । उक्त बाटोमा ढुङ्गा छपाए पनि निर्माण सकिएपछि सबै प्रकारका सवारी आवत जावत हुने कार्यक्रममा थापाले जानकारी दिए ।