

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको बैठकले संसदीय दल अनुशासन समिति निर्माण गर्ने निर्णय गरेको छ। जसको संयोजक दिलेन्द्र प्रसाद बडुलाई तोकिएको छ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै, अर्थ समिति संयोजकमा प्रकाशशरण महतलाई नियुक्त गरेको छ। बैठकले कृषि समितिमा चन्दा चौधरी र सार्वजनिक लेखा समितिमा संजय गौतमलाई संयोजक नियुक्त गरेको हो।