

काठमाडौँ । आजबाट सुरु भएको यू–१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ। मलेसियाको बाङ्गीस्थित युकेएम क्रिकेट ओबलमा नेपाली समयअनुसार दिउँसो सवा १२ देखि सुरु भएको खेलमा नेपाल बंगलादेशसँग ५२ रनमा नै अलआउट भएको हो ।
१८.२ ओभरमै अल आउट भएका नेपाली खेलाडीमध्ये दुई जना सफल भए । आजको खेलमा नेपालको तर्फबाट साना प्रविनले सर्वाधिक १९ रन जोडिन्। कप्तान पूजा महतो दुई रनमै पेबिलियन फर्किइन्। खेलमा अर्की खेलाडी सिमाना केसीले १० रन जोडिन्।
प्रतियोगिताको पहिलो दिन शनिबार छवटा खेल हुँदैछ। जसमा नेपालले बङ्गलादेशसँग आफ्नो पहिलो खेल खेलेको हो।