

काठमाडौँ । आजबाट मलेसियामा सुरु भएको यू–१९ टी२० महिला विश्वकपको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु भएको खेलमा नेपालले बङ्गलादेशलाई ५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
मलेसियाको बाङ्गीस्थित युकेएम क्रिकेट ओबलमा ब्याटिङमा उत्रिएको बङ्गलादेशले १३ दशमलव २ ओभरको खेलमा पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य हासिल गरेको हो।
नेपालले १८ दशमलव २ ओभरमा अल आउट हुँदै जम्मा ५२ रन जोड्न सकेको थियो। आजको खेलमा नेपालको तर्फबाट साना प्रविनले सर्वाधिक १९ रन जोडिन्। कप्तान पूजा महतो दुई रनमै पेबिलियन फर्किइन्। खेलमा अर्की खेलाडी सिमाना केसीले १० रन जोडिन्।
बंगलादेशको जितमा सुमैया अख्तर सुवर्णले ४, फाहोमिदा चोयाले १, जुइरिया फिरदौसले २, सादिया इस्लामले १६ र सुमैया अख्तरले १२ रनको योगदान दिए। त्यस्तै नटआउट रहेकी अफिया आशिमा युगले ९ र जन्नतुल माउवाले ५ रन बनाइन् ।