

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको नेपाली काँग्रेसले जनाएको छ ।
संघीय संसदको बैठक यही माघ १८ गतेदेखि सुरु हुँदैछ । संसद्मा काँग्रेसको सहभागिता र पार्टीको धारणाको बारेमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो । सरकारले केही विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । ती विधेयक छिटो पारित गर्ने सरकारमा सामेल दलहरूको तयारी छ ।
आजको बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल हुने बताइएको छ ।