

काठमाडौँ । नेपाल प्रहरीले २५ जना एसपीलाई वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा गरेको छ। शुक्रबार बढुवा भएका प्रहरी अधिकारीहरूलाई विभिन्न प्रहरी निकायहरूमा जिम्मेवारी समेत तोकिएको छ।
गृहमन्त्रीस्तरीय निर्णयसँगै जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि परिवर्तन गरिएको छ।
काठमाडौँ प्रहरी परिसरको प्रमुखमा विश्व अधिकारी र अपराध अनुसन्धानमा रमेशकुमार बस्नेतलाई जिम्मेवारी दिइएको छ।
दर्ज्यानी चिन्ह लगाएको दुई दिनपछि उनीहरूको पदस्थापनको निर्णय भएको हो। पहिलो नम्बरमा बढुवा भएका रमेश थापा प्रहरी महानिरीक्षककै सचिवालयमा रहने भएका छन्। त्यस्तै अजय केसी साइबर ब्युरो, अनुपमशमशेर जबरा वृत्ति विकास महाशाखामा पदस्थापन भएका छन् ।
अन्य एसएसपीहरूको कहाँ कहाँ भयो पदस्थापन ?