

काठमाडौं । नेपाली कांग्रेसले भोलिदेखि गर्न लागेको नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनको तयारी पूरा भएको छ । देशको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र आर्थिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले माघ १६ र १७ गते पार्टी कार्यालय सानेपामा सम्मेलनको आयोजना गरिएको कांग्रेसले जनाएको छ ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले दुईदिने सम्मेलनको उद्घाटन गर्दैछन् । सम्मेलनमा उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ । म्मेलनमा ८० भन्दा बढी स्टल र ६ हजारभन्दा धेरै सहभागीहरू रहने आयोजकले जनाएको छ ।
नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रूपान्तरण गर्न, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण तथा महिला र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको काँग्रेसले जनाएको छ ।